ताकममा जारी राष्ट्रपति रनिङ्ग शिल्डको दोस्रो दिनसम्म नौ खेलको फाइनल

गोपाल आचार्य
ताकम, आइतबार पौष २७ गते ।
धवलागिरी गाउपालिका–७ ताकममा सञ्चालित अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म नौ वटा खेलको फाइनल भएको छ ।

एथलेटिक्स तर्फका नौ वटा खेलको फाइनल हुदा ताकम मावि तीन, किसानी मावि दुई, हेम माव दूई, धनजनता मावि एक र जनकल्याण मावि ले एक वटा खेलमा प्रथम भएका छन् ।

आइतबार भएको आठ सय मिटरको छात्र दौडमा किसानी मावि धारापानीका मोहन हर्मेल प्रथम, धनजनता मावि मुनाका आकाश पाण्डे दितृय र जनविकास मावि मराङका डेकबहादुर रोका तृतीय भएका छन् ।

आठ सय मिटर छात्रा दौडमा ताकम माविकी मनिषा खत्री प्रथम, धनजनता माविकी सविना मल्ल दितृय र वुद्धीविकास माविकी मेलीना घर्ती तितृय भएका छन् । हाइजम्प छात्रतर्फ हेम माविका अभिसेक मगर प्रथम, वुद्धीविकास माविका टंकप्रसाद घर्ती दितृय र ताकम मावि र चन्द्र ज्योतीका खेलाडी तितृय भएका छन् ।

हाइजम्प छात्रातर्फ किसानी माविका प्रेरणा रोका प्रथम, जनविकास मावि मराङका रंजिता जुग्जाली दितृय र जनकल्याण मावि गुर्जाकी ज्ञानदेवी विक तितृय भएका छन् । यसैगरी सटफुट छात्रतर्फ धनजनता माविका बबिन भण्डारी प्रथम, ताकम माविका उभिर रसाइली दितृय र हेम माविका सागर राना तितृय भएका छन् ।

सटफुट छात्रातर्फ जनकल्याण माविकी चेतकुमारी छन्त्याल प्रथम, ताकम माविकी ज्योती हर्मेल दितृय र लमसुङ माविकी चन्द्र रसाइली तितृय भएका छन् । लङ्गजम्प छात्रतर्फ हेम मावि प्रथम, जनजागृती मावि मल्कवाङ्ग दितृय र धनजनता मावि मुना तीतृय भएका छन् ।

श्निबार भएको पन्ध्र सय मिटर दौडको छात्रछात्रा दुवै तर्फ ताकम मावि प्रथम भएको थियो । छात्रतर्फ ताकम माविका विकास भण्डारी प्रथम, धनजनता माविका वुद्धीमान विक दोस्रो र किसानी मावि धारापानीका मोहन हर्मेल तृतीय भएका छन् ।

छात्रातर्फ ताकम माविकी मनिषा केसी प्रथम, धनजनता माविकी तिर्सना पाण्डे दितृय र गुर्जाको जनकल्याण माविकी सिमा छन्त्याल तृतीय भएका छन् । बिजयी खेलाडीहरुलाई गाउपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल, वडा अध्यक्ष कलानिधी शर्मा, राजाराम सुवेदी लगायतले मेडल, प्रमाणपत्र वितरण गर्नुभएको थियो । छात्र छात्रा भलिबल प्रतियोगिता पनि सुरु भएको छ ।

धवलागिरी गाउपालिकाको आयोजनामा पुष २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दश वटा विद्यालयका तीन सय जना भन्दा बढी खेलाडीहरु सहभागि भएका छन् । छात्र, छात्रा एथलेटिक्स र भलिबल बिधामा २८ वटा खेल खेलाइने अफिसियल दिपेन राइले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुने विद्यालयले रनिङ्ग शिल्ड, ट्रफि र प्रमाणपत्र सहित क्रमश ः नगद पचास हजार, तीस हजार र बीस हजार रुपैयाँ पुरस्कार पाउने गाउपालिकाका शिक्षा शाखा संयोजक गिरिप्रसाद छन्त्यालले बताउनुभयो ।

उहाका अनुसार विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि उनिहरुलाई जिल्ला, प्रदेश, राष्ट्रिय स्तरको खेलमा सहभागि हुने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागि हुने खेलाडी र शिक्षकहरुलाई गाउपालिकाको सहयोगमा ताकमको आमा समूह र युवा क्लवले निशूल्क खाना बस्नको व्यवस्था मिलाएका छन् । गत वर्ष हेम मावि शिवाङमा सञ्चालन भएको प्रथम राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि धनजनता माविले जितेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार