चितवनमा सर्वाधिक पुरस्कार राशिको भरतपुर गोल्डकप हुँदै

चितवन,मंगलबार माघ २१ गते । एजे इन्टरनेसनलको आयोजनामा आगामी फागुन २४ गतेदेखि दोस्रो संस्करणको भरतपुर गोल्डकप हुने भएको छ ।
यो जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता भएको बताइएको छ ।

भरतपुरको क्याम्पा चौरमा चैत ३ गतेसम्म चल्ने फुटबलमा ए डिभिजन लिग खेल्ने ६ टीम र जिल्ला स्तरीय ४ वटा टीम गरि १० टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक लोक प्रताप राणाले जानकारी दिए ।

उनका अनुसार प्रत्येक टीमले ए डिभिजन लिग खेल्ने र सरकारको कार्य अनुमतिपत्र लिएका ३ विदेशी खेलाडी समेत समावेश गर्न पाउने छन् ।

गोल्डकपमा प्रथम हुनेले १० लाख र दोस्रो हुनेले ५ लाखसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन्। साथै हरेक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १० हजार र मेडल प्रदान गरिने छ ।

त्यस्तै विधागत उत्कृष्ट खेलाडीलाई २० हजार र सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार नगद पनि प्रदान गरिने राणाले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न ६० लाख खर्च हुने अनुमान गरिएको छ । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार