राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी न्यु वेस्ट प्वाइन्टलाई (तस्बिर सहित)

बेनी ,आइतबार फागुन ०४ गते ।
बेनिमा सम्पन्न दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी न्यु वेस्ट प्वाइन्ट आवासीय माविले जितेको छ । म्याग्दीको बेनीमा आइतबार सम्पन्न नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बेनीमा रहेको सो विद्यालयले २१ स्वर्ण ,९ रजत र ११ कास्य प्राप्त गरी उपाधी जित्न सफल भएको हो ।

यसैगरी प्रतियोगितामा १६ स्वर्ण ,१३ रजत र १० कास्य जितेको माउण्ट एभरेष्ट आवासिय मािव द्धितिय भएको छ भने ३ स्वर्ण र १ कास्य जित्न सफल भएको कालिपुल स्थित बालमन्दिर आधारभुत विद्यालयले तृतिय स्थानमा चित्त बुझाउन बाध्य भएको छ । जित संगै प्रथम भएको न्यु वेष्ट प्वाइन्ट आवासीय मावि,द्धितिय भएको माउण्ट र तृतिय भएको बालमन्दिर आधारभुत विद्यालयले क्रमश

५० हजार ,३५ हजार र २० हजार रुपैयाँ सहित रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् । ४ स्वर्ण सहित सर्वोकृष्ट खेलाडी घोषित हुनुभएकी वेष्ट प्वाइन्टकी आइसा केसीलाई लाई तीन हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । सबै बिधामा उत्कृष्ट एक, एक जनालाई दुई हजार पाँच सय रुपैयाँका दरले पुरस्कृत गरिएको छ ।

यसैगरी प्रतियोगितामा प्रकाश माविले २ स्वर्ण,५रजत र ४ कास्य ,अर्जुन माविले १ स्वर्ण ,२ रजत र ३ कास्य तथा गलेश्वर माविले २ स्वर्ण ,३ रजत र १ कास्यमा चित्त बुझाउन बाध्य भएका छन् । छात्र÷छात्रा भलिबल, कपर्डी, एथलेटिक्स र मार्सल आर्ट बिधाका कराते र तेक्वान्दो गरी ४८ विद्याका खेलहरु संचालन भएका थिए । प्रतियोगितामा नगरपालिका भित्रका १० वटै वडाका २४ विद्यालयले सहभागिता जनाएका थिए । विजेता तथा उपविजेता विद्यालयहरुलाई जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी ,नगरप्रमुख हरिकुमार श्रेष्ठ र वडा अध्यक्षहरुले पुरस्कार वितरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार