होमस्टे संचालकलाई तालीम

धिरन खत्री
म्याग्दी,बुुुधबार फागुन १४ गते । पछिल्लोसमय ग्रामिण भेगको जनताको आर्थिक जीवनस्तर उकास्ने प्रमुख आधार होमस्टे मानिन्छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर ग्रामिण भेगमा संचालन गरेका होमस्टे संचालकलाई स्थानीय रुपमा उत्पादित बस्तुको विभिन्न परिकार र स्वादिष्ट खाना बनाउनका लागि कृषि ज्ञान केन्द्र म्याग्दीले तालिम संचालन गरेको छ ।


म्याग्दी र मुस्ताङमा स्थानीय तहमा होमस्टे संचालकलाई दुई समुहमा विभाजित गरेर तालिम संचालन गरिएको केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिए । उनले एक नगरपालिका पाचँ गाउपालिकाका २५ जना होमस्टे संचालकलाई आईतबारदेखि मंगलबारसम्म रैथानेबालीको परिकार सम्वन्धी तालिम दिएको छ, भने १४ गतेदेखि १६ गतेसम्म म्याग्दीसहित मुस्ताङका होमस्ट संचालकलाई तालिम दिईने उनले बताए ।


ग्रामिण भेगको पर्यटनको विकास तथा थोरै लगानी जनताको आर्थिक जीवनस्तर उकास्न परम्परागत खेतीलाई ब्यवसायिक रुपमा विकास गराउन केन्द्रले तालिम आयोजना गरेको कार्यालयका प्रमुख गोविन्दराज कोइरालाले बताए । जिल्लामा ग्रामिण भेगमा संचालन गरेका होटल तथा होमस्टे सञ्चालकलाई व्यवसायीलाई रैथाने बालीको परिकार बनाउन मदत पुग्ने प्रमुख कोइरालाले बताए ।


ग्रामिण भेगका होमस्टेमा विषादीयुक्त उत्पादित बस्तुको निराकरण, बजारीय खानाको विस्थापन र स्थानीय रुपमा उत्पादीत कोदो, मकै, केरा, तरुल, आलु, फापर, सागपात लगायतको खेतीलाई ब्यवसायीक रुपमा उत्पादन बढाउन होमस्टे सम्वन्धी तालिमले सहयोग पुग्ने कृषि प्रसार अधिकृत पाण्डेले बताए ।


तािलम प्रशिक्षक घनश्याम गिरीले तालिममा सहभागीलाई होमस्टमा आउने पाउनालाई आफ्नै वरिपरि पाइने सामग्रीबाट राम्रो परिकार बनाएर पाहुना खुसी पार्न सकिने ज्ञान र सीप सिकाउने बताए । उनले परम्परागत रुपमा ग्रामिण भेगमा उत्पादन हुने कोदोको मम र पिजा, तरुलको चिप्स र खिर, पिडालु सादेको, फापरको परौठा र पकौडा, आलुको परिकार लगायतको विभिन्न परिकार तिन दिनसम्मको तालिममा सिकाउने बताए ।


स्थानीय तहले ग्रामिण भेगका बस्तीहरु सुगम बन्दै छन् । रैथाने बाली उत्पादन र परिकारको तालिमले नेपाली खाना पहिचान सिकाउन मदत पुग्ने तामिममा सहभागिले बताए । घर वरिपरिका खाद्यान्न तथा सागसब्जीबाटै पाहुनालाई मन पर्ने मौलिक स्वादको परिकार जानेका थिएनौ, यस तालिमले परिकार र स्थानीय परम्परागत बालिको महत्व र प्राँगारिक खानाबाट आफ्नो परिवार र पाउनालाई स्वास्थ्य राख्न सहयोग पुग्ने मंगला गाउँपालिका–३ पर्यटकियस्थल झाँक्रीपानी सामुदायिक होमस्टे संचालन गरेका यामबहादुर छन्त्यालले बताए ।


कृषि ज्ञान केन्द्र रैथानेबालीको पकेट क्षेत्रको निर्धारण गरेर उत्पादन बढाउने, गुणस्तर विउविजन उत्पादन गरेर परम्परागत खेतीको संरक्षण लागि विभिन्न तालिम संचालन गरेको छ। म्याग्दीको ग्रामिण भेगमा पर्यटन विकासका लागि प्रदेश सरकारले संचालनका लागि स्विकृत गर्दै अनुदान र ब्यक्तिगत लगानीबाट संचालित होमस्टेको विकास र थप विस्तार गर्नका लागि रैथाने बालिको परिकारसम्वन्धी तालिमले सहयोग पुग्ने देखिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार