अष्ट्रेलियामा ४ नेपालीमा कोरोनाको संक्रमण

समिक्षा पुरी

म्याग्दी ,सोमबार चैत ०३ गते ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा रहेका ४ नेपाली संक्रमित भएका छन । तास्मानियामा बसोवास गर्ने उनिहरुलाई अहिले आईसोलेसनमा राखिएको छ ।

संक्रमित ४ मध्ये एक जना भनेँ केहि दिनअघि मात्रै अष्ट्रेलिया फर्किएको बताइएको छ । एनआरएन अष्ट्रलियाका अनुसार तास्मानियाका ४ बाहेक अन्य कोहि पनि नेपाली अहिलेसम्म संक्रमित भएका छैनन । संक्रमित नै नभएका नेपालीहरु पनि हाल सेल्फ क्वारेन्टाईनमा रहेका एनआरएनले जनाएको छ । एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । कंडेलका अनुसार अष्ट्रेलियाका नर्सिङ होममा भाइरसको संक्रमण बढ्ने देखिएको छ ।जोखिम उच्च रहेकाले उच्च सतर्कता अपनाउँदै नियमित स्वास्थ्य जाचँ गर्न कंडेलले नेपालीहरुलाई आग्रह गर्नुभयो ।

कंडेलका अनुसार नेपाल सरकारले नयाँ निति ल्याउने बित्तिकै त्यहाँ रहेका पासपोर्ट होल्डरहरु , एनआरएनएहरुको सक्रियातामा सचेतना कार्यक्रम जारी रहेको छ । अष्ट्रेलियाली सरकारले त्यहाँ जाने जुनसुकै नागरिकले १४ दिन अनिर्वाय क्वारेन्टाईनमा बस्नुपर्ने नियम बनाएको छ । सरकारी नियम अनुसार क्वारेन्टाईनमा नबस्नेले २० हजार डलर जरिवाना तिर्नुपर्ने हुन्छ । अष्ट्रेलियाली सरकारले ५ सय जना भन्दा बढि जमघट नर्गन समेत भनेको छ , त्यो बाहेक त्यहाँको दैनीकी सामान्य नै छ।

यसैबीच अष्ट्रेलियाका ३ राज्य सरकार र संघीय सरकारबीच मङगलबार पुनः बैठक बस्ने कंडेलले जानकारी दिनुभयो। उहाँका अनुसार मङगलबार बस्ने बैठकले नयाँ नियमहरु लागु गराउन सक्छ । अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ भने हालसम्म ३ सय १३ जना संकमित भएका छन् । अष्ट्रेलियामा केन्द्र सरकारकै गृहमन्त्री पिटर डटन पनि संक्रमणका कारण आईसोलेसनमा छन ।Kaalika News

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार