एलआइसी नेपालद्धारा मृतक पोख्रेल परिवारलाई दावी रकम भुक्तानी

बेनी ,शनिबार फागुन २४ गते ।
एलआइसी नेपाल लि म्याग्दी शाखाले मृतक परिवारलाई दावी रकम भुक्तानी गरी गरेको छ । म्याग्दीको बेनी नगरपालिका –९ गलेश्वरका मृतक विमित खगराज पोख्रेलका आफन्तलाई शुक्रबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो ।


वडा अध्यक्ष बेलबहादुर चोखाल,एलआइसी पोखरा क्षेत्रका प्रमुख सुजित ठाकुर,बेनी शाखाका प्रमुख चक्रपानी पौडेलले मृतक पोखरेलकी श्रीमती सरस्वती पोख्रेललाई दावी रकम बापत ५ लाख तेह्र हजार नौ सय रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।


मृतक पोख्रेलले अभिकर्ता शंकरबहादुर कुँबर मार्फत १५ बर्षका लागि विमा गर्नुभएको थियो । कार्यक्रमको संचालन विमा कम्पनीका एजेन्सी म्यानेजर शंकर कुँबरले गर्नुभएको थियो । कार्यक्रममा गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसी लगातले बोल्नुभएको थियो । पोख्रेलको निधन पछि उहाँको परिवारलाई उक्त विमा रकमले केहि हदसम्म भए पनि आर्थिक रुपमा राहत मिलेको अभिकर्ता कुँवरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार