कास्कीको लुम्ले केन्द्र भएर ५ रेक्टरको भुकम्प

बेनी ,आइतबार चैत ०२ गते ।
आज गण्डकी प्रदेश आसपासमा भूकम्पको ठुलो धक्का महुशुस भएको छ ।

भुकम्प मापन केन्द्रका अनुसार ५ रेक्टर स्केलको भुकम्प गएको छ । पोखरा नजिकैको लुम्ले केन्द्र बिन्दु बनाएर भुकम्प गएको हो ।

अहिले राति ८ः४५ बजे खाना खाने र सुत्ने बेलामा भुकम्पको ठुलो धक्का महुशुस भए पछि पोखरा, बागलुङ, म्याग्दी, पर्वत लगायतका क्षेत्रमा सर्वसाधारण सडक र खुल्ला ठाउँमा निस्किएका थिए । भुकम्प फेरी फर्कने सन्त्रासमा नागरिक देखिएका छन् । बिशेषगरी ज्येष्ठ नागरिक, महिला, बालबालिकामा ठुलो त्रास उत्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार