चलचित्र पत्रकार सङ्घको अध्यक्षमा सिटौला

काठमाण्डौं,मंगलबार चैत ०४ गते ।
चलचित्र पत्रकार सङ्घ नेपालको आठौँ केन्द्रीय महाधिवेशन सोमवार सम्पन्न भयो । नयाँ कार्य समितिको लागी महाधिवेशनबाट दिनेश सिटौला अध्यक्षको रूपमा निर्वाचित भएका छन् ।

यसै गरी उपाध्यक्षमा जीवन पराजुली, उपाध्यक्ष महिलामा दिपज्योती थापा, उपाध्यक्ष सङ्गठनमा कुबेर डङ्गोल, महासचिवमा समीर बलामी, सचिवमा रघुनाथ सापकोटा, सचिव (समावेशी) मा विशाल हसिन राई, कोषाध्यक्षमा प्रदीप कार्की र सह कोषाध्यक्षमा विनोद पोखरेल निर्वाचित भएका छन् ।

कार्यसमितिको सदस्यमा दीपक गुरुङ (समावेशी), सुरक्षा भट्टराई (महिला), आशिष ओली, गोपी कृष्ण चापागाईँ, मिलन ढुङ्गाना, मनिष अनजान, नवीन गिरी, सृष्टि पोखरेल निर्वाचित भएका छन् । निर्वाचित सबैले आफ्नो तीन वर्षे कार्यकालमा चलचित्र पत्रकारको हितका लागि चलचित्र पत्रकारको हितका लागि काम गर्ने बताएका छन् । cinepati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार