प्रचण्ड माथि जुत्ता प्रहार,जुत्ता प्रहार गर्ने पक्राउ

काठमाडौं अाइतबार फागुन १८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार सार्वजनिक कार्यक्रममा एकजना व्यक्तिले जुत्ता प्रहार गरेका छन् ।काठमाडौंको राष्ट्रिय सभामा आयोजित भरतमोहन अधिकारीकोे प्रथम स्मृतिसभामा उनलाई जुत्ता प्रहार गरिएको हो ।

तर उनलाई जुत्ताले लागेन । उनी सभालाई सम्बोधन गरेर फर्कने क्रममा जुत्ता प्रहार गरिएको थियो । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा भएको खुलासा भएको छ। उनलाई महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ । उनको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जुत्ता प्रहार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको महानगरी प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)उत्तमराज सुवेदीले पुष्टि गरेका थिए । तर जुत्ताले प्रचण्डलाई भने नलागेको प्रहरीले जनाएको छ ।यसअघि प्रचण्डलाई भृकुटीमण्डपका आयोजित तत्कालीन माओवादीको चियापान समारोहमा एकजनाले माला लगाउने क्रममा थप्पड हानेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार