म्याग्दी न्युज डट कमको चौथो बार्षिकोत्सव (भिडियो/ फोटो सहित )

अनलाइन संचारमाध्यमलाई मर्यादित बनाउन सुझाव

बेनी ,शनिबार फागुन २४ गते ।
म्याग्दी न्युज डट्कमले आफ्नो चौथो बार्षिकोत्सव मनाएको छ । ग्लोबल म्याग्दी मिडिया प्रालीद्धारा संचालित म्याग्दी न्युज डटकमले शनिबार विविध कार्यक्रम गरी चौथो बार्षिकोत्वस मनाएको हो । म्याग्दी न्युज डट्कमको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । नगरप्रमुख श्रेष्ठले शुभकामना व्यक्त गर्नुहुँदैे म्याग्दी जस्तो सानो बजारमा अनलाइन संचार माध्यम संचालन हुनु स्वागतयोग्य भएको बताउनुभयो ।

उहाँले अनलाइन संचार माध्यमले छिटो छरितो खबर प्रदान गर्न सफल भएको भन्दै अनलाइन संचारमाध्यमलाई व्यबस्थित र मर्या्दित बनाउनु पर्ने सुझाब दिनुभयो ।
पछिल्लो समय प्रविधिको बिकास संगै पछिल्लो क्रममा अनलाइन संचार माध्यमले फड्को मारेको बताउनुहुँदै अबैधानिक रुपमा संचालन भएका केही संचार माध्यमको विकृतीका कारण अन्य संचार माध्यमको विश्वसनियतालाई चुनौती हुने गरको उहाँको भनाई थियो । अनलाइनहरु विधिवत रुपमा दर्ता भई निष्पक्ष हिसाबले चल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले पत्रकार तथा अनलाइन मिडिया निष्पक्ष भएर समाजमा लुकेर रहेका सुचना बाहिर ल्याउनुपर्ने बताउनुभयो । ‘आफ्ना– आफ्ना राजनितिक संगठनहरु छन् तर समाचार सम्प्रेषण गर्ने बेलामा तपाई कुनैपनी विचारबाट प्रभावित वा व्यक्ती विशेष भएर हुनुहुदैन् , नगर प्रमुख श्रष्ठले भन्नुभयो ।’ म्याग्दी न्युज डट कमले पोखरा चिनाउने गरी आफ्नो मर्यादामा रहेर काम गरेकोमा खुसि व्यक्त गर्दै जिल्लाको प्रवर्द्धनमा अनलाइनको मुख्य भूमिका हुने उल्लेख गर्नुभयो ।

नेकपा म्याग्दीका अध्यक्ष एव् संविधानसभा सदस्य गोविन्द पौडेल नेपाली कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मिनबहादुर कार्कीले जनताको वलीदान र तपश्याबाट प्राप्त गणतन्त्र पछिल्लो समयमा चौतर्फी ढंगबाट घेरा बन्दी हुन थालेको बताउनुहुँदै गणतन्त्रलाइ संस्थागत हुन संचार माध्यमहरुले सकरात्मक भूमिका खेल्न आग्रह गर्नुभयो ।

म्याग्दी न्युज डटकमको चौथो बार्षिकोत्सव

म्याग्दी न्युज डट कमको चौथो बार्षिकोत्सव

Posted by MyagdiNews.com on Saturday, March 7, 2020

अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले पत्रकारले कसैको बारेमा लेख्दा कम्तिमा सम्बन्धित व्यक्तिको एक पटक भनाई लिएर मात्र समाचार लेख्न आग्रह गर्नुभयो । उहाँले समाजमा रहेका विकृती र विसंगती बिरुद्ध कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य सन्तोष गौतम ,नेपाल प्रेस संगठन म्याग्दीका संयोजक तथा म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीले म्याग्दी न्युज डटकमले अनलाइनमा विश्वसनियता कायम गर्न सकेको उल्लेख गर्नुभयो । सांघुरो बजार र जनशक्ती अभावका कारण छापा तथा अनलाइन संचार माध्यम संचालनमा समस्या हुने गरेको बताउनुभयो ।

म्याग्दी न्युज डटकमका संस्थापक सदस्य बोमबहादुर पुनले व्यवसायीक पत्रकारलाई व्यवस्थित तथा मर्यादित पार्न संधै तत्पर रहेको बताउनुभयो । कार्यक्रममा म्याग्दी न्युज डटकमका प्रकाशक साधन राम्जालीले ग्लोबल म्याग्दी मिडिया द्धारा संचालित म्याग्दी न्युज डटकम २०७३ मा पश्चिम म्याग्दी न्युजको रुपमा स्थापित भएको बताउनुभयो । सांघुरो बजार तथा जनशक्ती अभावका कारण अनलाईन सञ्चार माध्यम संचालनमा समस्या तथा आर्थिक चुनौती थपिएको बताउनुभयो । साथै उहाँले शुभचिन्तक ,विज्ञापनदाता,संस्थापक, सहयोगदाता तथा पाठकलाई धन्यवाद दिनुहुँदै सत्यतथ्य , निष्पक्ष तथा पुर्वाग्राही नराखी अनलाइनलाई अगाढी बढाउने बताउनुभयो ।

संस्थापक सदस्य पुनको अध्यक्षता ,नेपाल प्रेस युनियन म्याग्दीका अध्यक्ष एव् टोड्के न्युजका पत्रकार राकेश शर्माको संचालन तथा प्रकाशक राम्जालीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी ,नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष एवम् समाजसेवी विमला गौचन ,परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य ,समाजसेवी खिमबहादुर सुतपहरे घर्ती मगर ,बेनपा ७ की वडा सदस्य तकसरा राना मगर लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार