सडक अतिक्रमण हटाउन घरदैलो

बेनी,मंगलबार फागुन २० गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा सडक अतिक्रमणका कारण दुर्घटनाको जोखिम बढेको छ ।बेनी बजारका पसल सञ्चालकले पेटि र सडकमा सामान राख्दा पैदलयात्रुलाई आवत जावतमा समस्या भएको छ । पैदलयात्रु हिड्ने पेटिमा ब्यापारिले सामान राखेपछि उनिहरु सडकबाट हिड्न बाध्य भएका छन् ।

सडक अतिक्रमण गरेर ब्यापारिले सामान राख्दा दुर्घटनाको जोखिम बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तरकारी, कपडा, हार्डवयर्स, भाडा, फेन्सी पसलहरुले सडक अतिक्रमण गरेका हुन् ।

सडक पेटीमा सामान र होर्डीङ बोर्ड राखेका छन् । पेटिमा राखिएको सामानले साघुरो सडक भएको बेनी बजारको यातायात व्यवस्थापनमा समस्या उत्पन्न गराएको प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरले बताउनुभयो ।

यसैगरी घरको छत भन्दा बाहिरसम्म पाली निकालेर सामान राख्ने गरेको समेत भेटिएको छ । निर्माण कार्यमा प्रयोग हुने इटा, सिमेन्ट, रड, बालुवा जस्ता सामग्री पनि सडकमै थुपारेर राखने गरेका छन् ।

अतिक्रमण हटाउन बेनी नगरपालिकाको अगुवाइमा मंगलबार घरदैलो गरिएको थियो । नगरपालिका, प्रशासन, प्रहरी, उद्योग वाणिज्य संघको टोलीले घरदैलो गरेर सडक पेटिमा राखिएका सामान हटाउन निर्देशन दिएको थियो ।

घरदैलोमा नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, नगर उपप्रमुख सञ्जु बरुवाल, प्रहरी नायव उपरिक्षक किरनजंग कुवर, प्रहरि निरिक्षक धु्रबप्रसाद शर्मा, बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराइली, म्याग्दी उद्योग वाणिज्य संघका दृतीय उपाध्यक्ष राजेश शाक्य, वडा सदस्य हिरा पुन र हिमबहादुर भण्डारी लगायतको टोली सहभागि हुनुभएको थियो ।

टोलीले सडक अतिक्रण हटाउन निर्देशन दिदै अटेर गरेमा गाडीमा सामान उठाएर लैजाने चेतावनी दिएको छ । बालमन्दिरचोक, संगमचोक, गणेशटोल, क्याम्पसचोक, पिपलचोक, अस्पतालचोक हुदै कालीपुल क्षेत्रमा घरदैलो गरेको थियो ।

अर्को चरणमा न्युरोड, हुलाकचोक, प्रशासन अगाडीको बिरेन्द्रचोक, सामुदायिक चोक र भित्री गल्लीहरुमा पनि घरदैलो गर्ने नगर उपप्रमुख बरुवालले बताउनुभयो । सडक अतिक्रमणका कारण यातायात ब्यवस्थापन र आवत जावतमा समस्याका साथै दुर्घटनाको जोखिम बढेकाले हटाउन पहल गरेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार