उपचारपछि दोस्रो कोरोना संक्रमित १९ बर्षिया श्रेष्ठ डिस्चार्ज

काठमाडौं,शनिबार बैशाख ०६ गते । कोरोना संक्रमित नेपालकी दोस्रो कोरोना संक्रमित १९ वर्षीया प्रसिद्धि श्रेष्ठ पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएकी छन् ।चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । त्यसपछि उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको थियो ।

उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् । आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । काठमाडौंकी प्रसिद्धि चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुईजना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् । नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार