घोडेपानी घुम्न गएका दुई जना चिनिया पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा

म्याग्दी ,शनिबार वैशाख ०६ गते ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोराना भाइरस (कोभिड–१९)कोरोना रोकथामका लागि गरिएको लकडाउनको समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा घुम्न आएका दुई जना चिनीयाको उद्धार गरिएको छ । घोडेपानी पुगेका एक पुरुष र एक जना महिलालाई घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले उद्धार गरेका हुन् । स्थानीय होटल ब्यवसायीले लकडाउनको समयमा आएका पर्यटकलाई बिहीबार प्रहरीको जिम्मा लगाएका थिए ।

प्रमुख पर्यटकीय स्थल घोडेपानी । तस्बिर : टेकसर पुन

पि ०४०४३९५२ नम्बरको पासपोर्ट भएका गुसङ हुन (GUOSNG HUN) पुरुष र जि ५१५३५५७६ नम्बरको पासपोर्ट भएकी सुनफिन लिअङ (SUANFEN LIANG) को उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी तथा प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले जानकारी दिनुभयो ।

सन २०२० मार्च १० तारिकका दिन पोखरा प्रवेश गरेका उनिहरु कास्कीको घान्द्रुक हुदै घोडेपानी आइपुगेका हुन् । उनिहरुलाई घोडेपानीबाट भुरुङ्ग तातोपानीको सर्वोदय माविको भवनमा अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको म्याग्दीका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरनजंग कुँवरले बताउनुभयो ।

क्वारेन्टाइनमा खानेबस्ने व्यवस्था र स्वास्थ्य परिक्षण गरेर चिनिया राजदुतावासको जिम्मा लगाइने प्रहरीले जनाएको छ । सोधपुछका क्रममा तीनीहरु कास्कीको क्वारेन्टाइनबाट भागेर पदयात्रामा निस्किएका पाइएको अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक समुन्द्र बरुवालले बताउनुभयो ।

लकडाउनकै अवधिमा यसअघि जिल्लाको रघुगंगा गाउँपालिका–१ बेगमा दुई जना चिनिया र बेनी नगरपालिका–६ गुफाबाट एक जना दक्षिण कोरीयाका पर्यटकको उद्धार गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार