बाग्लुङमा र्‍यापिड टेस्ट सुरु,पाँच दिनमा नौ सय जनाको परीक्षण गर्ने योजना

बागलुङ्ग,शुक्रबार चैत २८ गते ।
कोभिड– १९ को संक्रमित पत्ता लगाउन बाग्लुङमा बिहीबारबाट द्रुत परीक्षण सुरु गरिएको छ । बाग्लुङ नगरपालिका– ३ गौडाकोटकी ६५ वर्षीया संक्रमित महिलाको सम्पर्कमा आएकाहरूको स्वाब परीक्षणसँगै द्रुत परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

जिल्लाका दश स्थानीय तहमा भने शुक्रबारबाट परीक्षण सुरु गरिँदै छ । त्यसको तयारीस्वरूप बिहीबार बाग्लुङ, पर्वत र म्याग्दीका २५ जनस्वास्थ्य प्राविधिकलाई तालिम दिइएको छ । बिहीबारै जिल्लास्तरीय संकट व्यवस्थापन समितिको बैठकले परीक्षणका लागि चारवटा टोली बनाएर दशवटै स्थानीय तहमा परिचालन गर्ने निर्णय गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेल नेतृत्वको टोली बुधबार आवश्यक किटसहित बाग्लुङ आएको थियो । स्वास्थ्य मन्त्रालयले (यापिड टेस्टका लागि प्रयोग हुने एक हजार थान आरबिटी किट पठाएको छ ।

पाँच दिनमा परीक्षण सकिने

समितिले १ वैशाखसम्ममा जिल्लामा द्रुत परीक्षण गर्नेछ । जिल्लाभर कोरोना संक्रमितसँग सम्पर्क भएका र विदेशबाट आएकाहरू गरेर नौ सयभन्दा बढीको (यापिड डाइग्नोस्टिक टेस्ट गरिने गुरौले जानकारी दिए । (यापिड टेस्टको क्रममा कोरोनाको संक्रमण भए–नभएको १५ मिनेटमै रिपोर्ट दिइने उनले बताए । ‘यदि रिपोर्ट पोजेटिभ देखिएको अवस्थामा भने पुनः स्वाबसमेत संकलन गरिनेछ,’ गुरौले भने, ‘सम्बन्धित व्यक्तिलाई भने क्वारेन्टाइनमै राखिने उपचार र निगरानी गरिनेछ ।’ नयाँपत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार