म्याग्दीबाट पठाइएका चार जनाकै स्वाब नमुनाको रिपोर्ट ‘नेगेटिभ’

म्याग्दी,शुक्रबार चैत २८ गते । विश्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंकामा म्याग्दीको बेनी अस्पतालबाट पठाइएका चार जनाकै स्वाब नमुनाको रिपोर्ट नेगेटिभ भएको छ । शुक्रवार रिपोर्ट आएको बेनीको क्वारेनटाइनमा बसेका हालै भारतबाट आएका एक युवाको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको बेनी अस्पतालले जनाएको छ ।

बेनी अस्पतालबाट अहिलेसम्म पठाईएका चार वटै नमुनाको रिपोर्ट नेगेटीभ आएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।शुक्रवार रिपोर्ट आएका युवामा कोरोनाको संक्रमण नदेखिएको र उनी नेपाल आएको २१ दिन भएकाले उनलाई क्वारेनटाइनबाट घर पठाईएको कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिनुभयो । म्याग्दीमा अहिलेसम्म कसैमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन् । नेपालमा ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार