म्याग्दीमा थप एक महिलामा स्क्रव टाइफस संक्रमण,संक्रमितको संख्या ४ पुग्यो

बेनी ,विहिबार जेठ ०८ गते । म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडाकी एक महिलामा स्क्रव टाइफस संक्रमण पुष्टि भएको छ । बुधबार बेनी अस्पतालमा उपचार गराउन आउनुभएकी ४५ बर्षिया महिलमा स्क्रव टाइफस पोजेटिभ देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारका लागि बेनी अस्पताल आउनुभएकी ती महिलामा अत्याधिक ज्वरो आउने , शरिर दुख्ने,हात र पाखुरामा रातो दावर देखिने लगायत लक्षण देखिएको थियो ।

योसंगै म्याग्दीमा स्क्रव टाइफसका विरामीको संख्या ४ पुगेको छ । यसअघि पुस १७ गते बेनी नगरपालिका–९ गलेश्वरकी ६६ बर्षिया महिला र बैशाख ९ गते जिल्लाको मंगला गाउँपालिका–५ अर्मनका १७ बर्षिय पुरुषमा स्क्रव टाइफस र डेङ्गु तथा जेठ ०७ गते बेनी नगरपालिका–६ छापाकी १८ बर्र्षिया युवतीमा स्क्रव टाइफस पोजेटिभ देखिएको थियो ।संक्रमित विरामीलाई उपचार पछि चिकित्सकको सल्लाह अनुसार घर पठाइएको छ ।

स्क्रव टाइफस मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाईबाट मानिसमा सर्ने अस्पतालका मेडिकल सुपरी टेण्डेन्ट डा.अमृत अधिकारीले बताउनुभयो । यसलाई सामान्य बोलिचालीको भाषामा भुसुना पनि भन्ने गरिन्छ । उहाँका अनुसार यो रोग माइटमा पाइने इचभलतष्ब त्कगतकगनबmगकजष् भन्ने जिवाणुबाट लाग्दछ । स्क्रफ टाइफस संक्रमित विरामीमा धेरै ज्वरो आउने ,धेरै टाउको दुख्ने ,पसिना आउने, झाडापखाला लाग्ने लगायत जस्ता लक्षण देखिने गर्दछ ।

माइट प्रायःजसो झाडी ,खेतबारी ,वन, जंगल तथा बढी फोहोर हुने ठाउँमा देखिने भएकाले खेतबारीमा काम गर्न जादा पुरा शरिर ढाक्ने कपडा लगाउने ,सरसरफाईमा विशेष ध्यान दिन , सकेसम्म घाँसबारी र चउरमा नबस्न तथा मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डार नगर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सृजना गर्ने बरिष्ठ मेडिकल ल्याव टेक्नोलोजिष्ट सन्जोग तिमिल्सिनाको सुझाव छ ।

‘कडा ज्वरो आएको छ भने स्क्रब टाइफस पनि हुन सक्छ, त्यसैले तत्काल स्वास्थ्य संस्था गएर उपचार गराउनुपर्दछ,’वरिष्ठ मेडिकल ल्याव टेक्नोलोजिष्ट तिमिल्सिनाले भन्नुभयो,’सामान्य उपचारबाट निको हुने रोग भए पनि उपचारमा ढिलाइ भएमा बिरामीको ज्यानै जान सक्छ।’ बेनी अस्पतालमा पर्याप्त मात्रामा स्क्रब टाइफस परिक्षण गर्ने किट भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार