साउदीमा कोरोनाबाट तीन नेपालीको मृत्यु

दोहा , सोमबार जेठ  ०५ गते । साउदीको जेद्दा क्षेत्रमा कोरोना सङ्क्रमित तीन जना नेपाली श्रमिकको मृत्यु भएको छ ।

त्यस क्षेत्रमा सङ्क्रमितमध्ये ३३ जना निको भएका र तीन जनाको मृत्यु भएको साउदीको जेद्दास्थित महावाणिज्य दूतावासले जनाएको छ ।

साउदी सरकारले यसअघि दिएको जानकारी अनुसार साउदीको जेद्दा र जजान लगायतका ठाउँमा गरी १ सय ४८ जना नेपाली नागरिकमा कोरोना सङ्क्रमण भएको छ ।

साथै साउदीको सबै क्षेत्रमा गरी ६ सय ७४ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको साउदीको स्वास्थ्य र विदेश मन्त्रालयले जानकारी दिएको दूतावासले जनाएको छ ।

साउदीमा अहिलेसम्म ५२ हजार १६ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये २३ हजार ६६६ जना निको भएर घर फर्किसकेका छन् भने २८ हजार ४८ जनाको अस्पतालमा उपचार भइरहको छ । अहिलेसम्म ३ सय २ जनाको मृत्यु भैसकेको छ । नेपाल टाईम्सबाट  साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार