अमित हमालद्वारा एक महिनाको घर भाडा छुट


अमित बिश्वकर्मा

बेनी ,सोमबार असार ०८ गते ।

म्याग्दीको बेनी नगरपालीका –७ मंगलघाटका घरधनी अमित हमालले जेठ महिनाको घरभाडा छुट गर्नुभएको छ । हमालले आफ्नो बेनी नगरपालीका– ७ , मंगलघाटमा रहेको घरबाट मासिक रुपमा प्राप्त हुने २४ हजार रुपैयाँ र बेनपा– ४ सिङ्गामा रहेको घरबाट मासिक रुपमा प्राप्त हुने ५ हजार गरि रु २९ हजार रुपैयाँ घरभाडा छुट गर्नु भएको हो ।

बिश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्युनीकरण तथा नियन्त्रणका लागि नेपाल सरकारले लागु गरेको लकडाउनका कारण भाडामा बस्दै आएका ब्यबसायी, दैनिक ज्यालामजदुरी गर्ने परिवार र बिद्यार्थीलाइ समस्या परेको छ । कोराना भाइरसका कारण भाडामा बस्ने परिवारलाइ पारेको आर्थिक संकटलाइ मध्यनजर गर्दै एक महिनाको घरभाडा मिनाह गरेको घरधनी हमालले बताउनुभयो ।

नेपाल सरकारले पनि यस बिषम परिस्थितीमा एक महिनाको घरभाडा छुट गर्न सम्पुर्ण घरधनीहरुलाइ अनुरोध गरेको थियो । ‘बाबा क्षेत्र बहादुर हमालको सल्लाह अनुसार मेरो घरमा भाडामा बसी दैनिक ज्यालामजदुरी गर्ने, ब्यबसाय संचालन गर्ने र बिद्यार्थी समेत गरि सबैको जेठ महिनाको भाडा छुट गर्ने निर्णय गरेँ,’ हमालले भन्नुभयो, ‘आफ्नो घरमा बस्नेहरु आफ्नै परिवारका सदस्य जस्तै लाग्छ, उनिहरुको अप्ठ्यारो अबस्थामा केही राहत पुगोस भनेर भाडा नलिने घोषणा गरेको हुँ ।’

घरबेटीले एक महिनाको भाडा छुट गरेपछि आफुलाइ निकै राहत महशुस भएको मालीका गाउँपालीका रुम घर भइ हाल हमालको घरमा परिवार सहित बसी बेनीमा दैनिक ज्यालामजदुरी गर्दै आउनु भएका श्याम परियारले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार