गलेश्वरको रामलक्ष्मण फर्निचरमा आगलागी ः सबै सामान जलेर नष्ट, लाखौको क्षती (तस्बिर)

अमित बिश्वकर्मा
बेनी ,मंगलबार असार १६ गते ।

म्याग्दीको बेनी नगरपालीका –९, गलेश्वरमा रहेको रामलक्ष्मण फर्निचरमा गयराती आगलागी भएको छ । मध्यरात साढे १२ बजे भएको उक्त आगलागीबाट रुद्र बहादुर खत्रीको फर्निचर जलेर पुर्ण रुपमा नष्ट भएको छ ।आगलागी भएको स्थानीयले थाहा पाए पछि मध्यरातमा प्रहरीलाइ खबर गरेका थिए । जानकारी पाए लगत्तै म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, शसस्त्र प्रहरी बल गलेश्वरका प्रमुख प्रकाश माझी, प्रहरी नायब उपरिक्षक किरणजंग कुवर र नेपाली सेनाको टोली घटना स्थलमा पुगेको थियो ।

नेपाली सेना, प्रहरी, स्थानीयको निरन्तर प्रयास र बेनी नगरपालीकाको दमकलको सहयताले राती २ बजे तिर आगो नियन्त्रणमा लिइएको गलेश्वरका स्थानीय युवा तेजेन्द्र बानीयाँले जानकारी दिनुभयो । आगलागी भएकै बेला फर्निचर भित्र रहेको ग्याँस पनि ठुलो आवाज सहित पड्किएको थियो ।

आगलागीका कारण खुल्न नसकेको र क्षतिको एकिन बिबरण पनि आइ नसकेको प्रनाउ कुँवरले बताउनु भयो । ‘फनिर्चरमा रहेका मेसीनरी लगाएत काठका सामानहरु पुर्ण रुपमा जलेर नष्ट भएको छ, कुनै मानबीय क्षती भने भएको छैन प्रनाउ कुँवरले भन्नुभयो, घटनाको अनुसन्धान भइरहेकोले प्रहरी, फर्निचरका संचालक र स्थानीय बसेर छलफल गरि क्षतीको यथार्थ बिबरण लिनेछौँ । ’

फर्निचरमा बिभिन्न घरका अर्डरमा तयार पारिएका खापा, चौकोस, लोबेड, खाट, दराज, टेबुल लगाएतका सामानहरु जलेर नष्ट भएका छन । ३ दिन अगाडी मात्रै ३ ट्याक्टर नयाँ काठ झारीएको थियो त्यो पनि सबै जलेको छ । त्यहाँ जडान गरिएका मेसीनरी सामानलाइ पनि कामै नलाग्ने गरि क्षती पु¥याएको छ । आगलागीबाट फर्निचर जल्दा करिब ५० लाखको क्षती पुगेको संचालक रुद्र बहादुर खत्रीलाइ उद्धृत गर्दै स्थानीय युवा तेजेन्द्र बानीयाँले जानकारी दिनुभएको छ ।

तस्बिर : सौजन्य तेजेन्द्र बानियाँ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार