नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं,आइतबार असार ०७ गते । नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ६४ महिला ३५७ जना पुरुष रहेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिनुभएको हो । योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार २६ पुगेको छ । जसमा ८२० महिला र ८ हजार २०६ जना पुरुष रहेका छन् ।

हालसम्म कोरोना निको हुनेको संख्या १ हजार ७७२ जना रहेका छन् । जसमा १४९ महिला र १ हजार ६२३ पुरुष रहेका छन् । हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार