नेपालमा थप ५३८ जनामा कोरोना पुष्टि,मृतकको संख्या २४ पुग्यो

काठमाडौं,मंगलबार असार ०९ गते । नेपालमा थप ५३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा ९० महिला र ४४८ पुरुष गरी कूल ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

उहाँका अनुसार यो संगै नेपालमा संक्रमितको कूल संख्या १० हजार ९९ पुगेको छ । यस्तै अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । दैलेखका एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो ।

मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. गौतमले उनी क्षयरोग र दमको विरामी समेत रहेको बताउनुभयो । सोमबार उनको मृत्यु भएको हो । ३ गते स्वाव संकलन गरिएकोमा असार ४ गते कोरोना पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार