नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,शनिबार असार १३ गते । नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो सो जानकारी दिनुभएको हो । उहाँका अनुसार जसमा १ सय २० महिला र ४ सय ३४ पुरुष रहेका छन् ।


शनिबारको अद्यावधिक विवरणअनुसार नेपालमा कूल संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । जसमा १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष रहेका छन् ।

नेपालका ७७ वटै जिल्लामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोनाबाट निको हुनेको कूल संख्या २८ सय ३४ पुगेको छ। यसैबीच कोरानाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । भरतपुर कोरोना विशेष अस्पतालमा कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएसँगै स‌क्रमणबाट मृत्यु हुनेको स‌ख्या २८ पुगेको गौतमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार