बागलुङ्गको पाण्डव खानीमा पनि देखियो हजारौ संख्यामा सलह

सुरेश छन्त्याल
गलकोट,सोमबार असार १५ गते ।
बागलुङ्गको गलकोट नगरपालिका–१० पाण्डवखानीमा पनि हजारौं संख्यामा सलह देखिएको छ । सोमबार दिउसो साढे ४ बजेको समयमा गलकोट नगरपालिका– १० पाण्डबखानीमा ५० र ६० हजारको हुलमा सलह देखिएको हो । ति बुटवल, पाल्पा, खर्वाङ हुँदै खोलै खेल पाण्डबखानी आएको हुनसक्ने पत्रकार देवराज पुनले बताउनुभयो । सलह ८ र १० वटा उड्न नसकेर झरेको र त्यसलाई छोपेर राखेको स्थानीय मनिसा थापाले जानकारी गराउनुभयो।

ठूलो संख्यामा उड्ने र बाली खाने भएकाले त्यसले कृषिमा ठूलो क्षति पुर्याउने भन्दै कृषकहरु चिन्तित बनेका छन् । सलहको एक झुण्ड ज्याथर हुँदै बाईगाउ, सुनपानी, लगाएत का स्थानमा माहुरीको बथान जस्तै झण्डै आधाघण्टा जति उडेको स्थानीय दिप घर्तिले बताउनुभयो । यसले बागलुङमा सलहको जोखिमलाई बढाएको गिरिप्रसाद घर्तिले चिन्तित हुँदै जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार