म्याग्दीका १५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ ,३० जनाको रिपोर्ट आउन बाँकी

म्याग्दी,बुधबार असार ०३ गते ।

म्याग्दीबाट स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा पठाइएकामध्ये १५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएका समेत गरि बेनीको क्वारेनटाइनमा बसेकाहरुमध्ये थप १५ जनाको स्वाब पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

जेठ २५ गते पीसीआरका लागी स्वाब नमुना संकलन गरिएका भारतबाट आएका १२ जना, एम्बुलेन्स चालक एक र मजदुर दुई जना गरि १५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुुसार थप ३० जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

म्याग्दीमा अहिलेसम्म तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै भारतबाट आएका हुन् । उनिहरुलाई बेनीको खुल्लामञ्च स्थित आइसोलेसन कक्षमा चिकित्सक र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामन्य रहेको छ । जिल्लाबाट अहिलेसम्म नमुना संकलन गरिएकामध्ये १९१ जनाको रिपोर्ट नेगेटीभ आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार