म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य

म्याग्दी,आइतबार असार ०७ गते ।
म्याग्दीमा थप ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३ ,का ३३ बर्षिय एक जना पुरुष ,सोही गाउँपालिका–२ का ३० बर्षिया र ९ बर्षिया गरी दुई महिला र मंगला गाउँपालिका–५ का २० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो ।

जेठ २० गते भारतबाट आएका संक्रमित सबै बेनि नगरपालिका स्थित न्यु वेष्ट प्वाइन्ट आवासिय माविको क्वारेन्टाईनमा बसेका थिए । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरुलाई बेनी बजार स्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निमित्त प्रमुख लम्सालले बताउनुभयो । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ८ पुगेको छ । शनिबार मात्रै दुई जना निको भएर घर फर्किएका छन ।

म्याग्दीबाट २५७ स्वाब संकलन गरि पठाइएका मध्ये २२३ पीसिआर रिपोर्ट आएकोमा २१३ नेगेटिभ र संक्रमितको दोस्रो ,तेस्रो नमुना सहति १० वटाको रिपोर्ट पोजेटिभ आएको छ । ३४ वटा स्वाब परिक्षणको रिपोर्ट आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार