म्याग्दी नदीमा हाम फालेर आत्महत्या गरिन तेजकुमारीले, दुई छोरीको विचल्ली

बेनी ,शुक्रबार जेठ ३० गते ।
म्याग्दी नदीमा हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् । जिल्लाको मंगला गाउँपालिका–२,स्थित रनबाङ्गकी ३२ बर्षिया तेजकुमारी किसानले शुक्रबार म्याग्दी नदीमा हाम फालेर आत्महत्या गरेकी हुन् । मंगला गाउँपालिका–२ पानाबगरमा बालुवा बोक्ने काम गर्दै आएकी किसानले शुक्रबार दिउँसो म्याग्दी नदीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धु्रवप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रतिकात्मक तस्बिर

उहाँका अनुसार किसानले नदीमा हाम फालेको सुचना पाउनसाथ प्रहरीको टोली खोजतलासमा खटेको थियो । खोजतलास गर्ने क्रममा भाइबाङ्ग खोला किनारमा तेजकुमारीको शव भेटिएको थियो । मृतक किसानका श्रीमान रोजगारीको सिलसिलामा बहराइनमा हुनुहुन्छ । किसानकी दुई छोरी रहेका प्रहरी निरिक्षक शर्माले बताउनुभयो ।

आमाले नदीमा हामफाली आत्महत्या गरेपछि दुई छोरीको विचल्ली भएको छ । पोष्टमार्टमका लागि किसानको शव बेनी अस्पताल ल्याइएको छ । आत्महत्याको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार