रुकुम पश्चिम घटना बिरुद्ध म्याग्दीमा बिरोध ¥याली

अमित बिश्वकर्मा

बेनी ,बुधबार असार १० गते । संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित युवा संजाल म्याग्दीले बुधवार संयुक्त रुपमा विरोध र्याली सम्पन्न गरेको छ । गत जेठ १० गते रुकुम पश्चिमको घटनामा अन्तरजातीय विवाह गर्न खोजेका कारण ज्यान गुमाएका नवराज विश्वकर्मा सहित ६ जनाको हत्यारालाई कानुनी कारबाहीको माग गर्दै विरोध ¥याली आयोजना गरिएको हो ।

बेनीबजारको विरेन्द्रचोकबाट शुरु भएको ¥यालीले रुकुम घटनाका हत्यारालाइ कार्बाही गर, जातीय ब्यबस्था खारेज गर, जातकै कारण मान्छे मार्न पाइदैन, सम्पुर्ण दलितहरु एक हौँ लगाएतका नारा लगाउँदै बजार परिक्रमा गरी पुनः सोही ठाउँमा आएर कोण सभाको आयोजना गरेको थियो ।

सभामा बोल्दै राष्टिय दलित युवा संजालका केन्द्रिय अध्यक्ष पुष्कर विक,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ म्याग्दीका अध्यक्ष बाल कुमार लामिछाने बिश्वकर्मा, स्वतन्त्र दलित अधिकार कर्मी लालु किसान, गब्बे परियार, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एबँ बेनी नगरकार्यपालीका सदस्य कृष्ण कुमार बिश्वकर्मा, अनेरास्वबीयूका जिल्ला संयोजक सुवास बिश्वकर्मा र अभियन्ता सज्जन बोहोराले सरकारले रुकुम घटनालाई ढाकछोप पार्न खोजेको भन्दै आक्रोस ब्यक्त गर्नु भयो । जातीय बिभेदकै कारण नबराज र उनका साथीहरुले ज्यान गुमाउनु परेको भन्दै हत्यारालाइ कडा कार्बाहीको माग गर्दै पिडीतलाइ न्यायका लागि म्याग्दीबाट निरन्तर खबरदारी गरिरहेको उहाँहरुको भनाइ थियो ।

कार्यक्रममा दलित अभियन्ता, अधिकारकर्मी, बिद्यार्थी, तथा दलित नेताहरुको उपस्थिती रहेको थियो । ¥यालीमा गैह्र दलितहरुको पनि उपस्थिती र समर्थन रहेको संघर्ष समितिका संयोजक याम किसानले बताउनु भयो । कार्यक्रममा सज्जन बाहोराले नबराजको बिषयमा लेख्नु भएको कबिता बाचन गर्नु भएको थियो भने गायीका राज कुमारी परियारले सोही बिषयमा शन्देसमुलक गीत प्रस्तुत गर्नु भएको थियो । संघर्ष समितिका संयोजक याम किसानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन दलित युवा संजालका संयोजक किसान बिश्वकर्माले गर्नु भएको थियो ।


संघर्ष समिति र दलित युवा संजालले रुकुम घटनाका बिरुद्ध निरन्तर बिरोधका कार्यक्रमहरु गरिरहेको बताएको छ । यस अघि बेनीमै जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना र कोण सभा कार्यक्रम सम्पन्न गरेको छ भने बजारका बिभिन्न चोकहरुमा होडिङ्ग बोर्ड पनि टाँगीएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार