शान्ति कोषद्धारा क्यान्सर पिडित परियारलाई आर्थिक सहयोग

बेनी ,आइतबार असार ०७ गते ।
म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले रघुगंगा गाउँपालिका–२ भगवतीका क्यान्सर पिडित अमृता परियारलाई आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष राजेश शाक्यको उपस्थितीमा क्यान्सर पिडिती आमा काली परियारलाई संस्थाका संरक्षक सदस्य नन्द कुमार पाइजाले दश हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको संस्थाका कार्यालय प्रमुख डक बहादुर रोका मगरले जानकारी दिनुभयो ।

१४ बर्षिया परियारको विपि मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पाठेघर क्यान्सरको शल्यक्रिया गरिएको छ । आर्थिक अभावकै कारण गरिब तथा विपन्न परिवारका विरामी उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्धेश्यले स्थापना भएको स्थापना भएको परोपकारी संस्थाले विभिन्न जटिल रोगले ग्रसित विरामीलाई आर्थिक सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार