म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको कुल संख्या ४७ पुग्यो

बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशबाट आइ बेनीको क्वारेन्टाइनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालका अनुसार संक्रमित हुनेमा बहराइनबाट आइ म्याग्दी क्याम्पसमा बसेका अन्नपुर्ण गाउँपालिका –८, का ४९ बर्षिय पुरुष र मंगला गाउँपालिका–२,का ३७ बर्षिय पुरुषमा गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।

संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरुलाई बेनी स्थित आइसोलेसन कक्षमा राखिएको छ । उनिहरुको साउन ११ गते नमुना संकलन गरी पीसिआर परिक्षणका लागि पोखरा पठाइएको थियो । यो संगै म्याग्दीमा कोरोना संक्रमितको कुल संख्या ४७ पुगेको छ । भने संक्रमित मध्ये ४१ जना निको भएर घर गएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार