म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

बेनी ,बुधबार असार २४ गते ।
म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मंगला गाउँपालिका–२ का ३५ बर्षिय पुरुष र बेनी नगरपालिका–१ का ३३ बर्षिय पुरुष गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना संक्रमित मंगला गाउँपालिका–२ का पुरुष कुवेतबाट आएर बेनी स्थित म्याग्दी क्याम्पसको क्वारेन्टाइनमा बस्नुभएको थियो भने बेनी नगरपालिका–१ का पुरुष भारतबाट आएर न्यु वेष्ट प्वाईन्ट आवासीय माविमा बस्नुभएको थियो ।

संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । थप उपचारका लागि बेनी स्थित आसोलेसन कक्षमा भर्ना गरिएको निमित्त प्रमुख लम्सालले बताउनुभएको छ । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । त्यसैगरी १० जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार