रघुगंगा नदिले गलेश्वरको बेलीब्रिज बगायो ,बस्ती उच्च जोखिममा (तस्बिर /भिडियो सहित)

बेनी ,शुक्रबार असार २६ गते ।
म्याग्दीको बेनी नगरपालिका –९ र रघुगंगा गाउँपालिकाको–३,को सिमानामा रहेको बेलिब्रिज बगाएको छ । यसैबीच रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाट स्थित बेलिब्रिज बगाएको हो ।

नदीको कटानका कारण बेनी नगरपालिका–९ ,गलेश्वर र रघुगंगा गाउँपालिका–३ का बस्ती उच्च जोखिम रहेको समेत बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । कागजात र लगायत महत्वपुर्ण सामान सहित स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार नदि कटानका कारण करिब २२ घर उच्च जोखिममा रहेका छन् । बर्षाका कारण उद्धार र राहत व्यवस्थापनमा कठिनाइ भएको अध्यक्ष भण्डारीले भताउनुभयो ।

म्याग्दीको रघुगंगा नदिमा आएको बाढीले बेनी नगरपालिका -९ र रघुगंगा गाउँपालिका-३ ,राहुघाट सिमानामा रहेको बेलिब्रीज बगाएको छ ।बेलिब्रीज बगाएपछि रघुगंगा ,अन्नपूर्ण गाउँपालिका र हिमाली जिल्ला मुस्ताङ सिधा यातायात सम्पर्क बिच्छेद भएको छ । भिडियो : म्याग्दी न्युज डट्कम

Posted by MyagdiNews.com on Thursday, July 9, 2020

बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ । ठेकेदारले पक्कि पुल बनाउन ढिलाई गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको गलेश्वरका स्थानीय बमबहादुर पुनले बताउनुभयो । बेलिब्रिजको छेउमा पक्कि पुल निर्माणको क्रममा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार