अन्धकारमा पहिरो प्रभावित क्षेत्रका बासिन्दा,जनजीवन कष्टकर

बेनी  ।म्याग्दीको धवलागिरी गाउँपालिका- ६ र ७ का पहिरो प्रभावित क्षेत्रमा विद्युत र खानेपानीको समस्या उत्पन्न भएको छ । गत असार २५ गते रातिको पहिरोले विद्युतका पोल तथा खानेपानीका आयोजनाहरुलाइ क्षति पुर्याएपछी मर्मत हुन नसक्दा समस्य उत्पन्न भएको हो ।

१ हप्ता बढी विद्युत अबरुद्ध हुँदा त्यहाँका स्थानियको दैनिकी कष्टकर बनेको छ । मोबाइल फोनको टावरले काम गरेता पनि चार्ज गर्न नपाउँदा त्यहाँका बासिन्दाहरु संचार सुबिधाबाट बन्चित भएका छन । बिदेशमा भएका परिवारका अन्य सदस्यहरु सङ्ग कुराकानी गर्न पनि असहज भएको छ ।

धवलागिरी- ६ मराङको अर्बाङमा रहेको माइक्रो हाइड्रोलाई मर्मत गरि त्यहाँ बत्ती बालिएको छ तर वडा नं ६ को बाँकी गाउँ र वडा नँ ७ को पुरै गाउँ १ साता देखि अन्धकार बनेको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।उहाँका अनुसार ताकमको मुख्य खानेपानी आयोजनालाइ पहिरोले क्षेती पुर्याएपछि समस्या भएको छ ।

एक वटा सार्बजनिक धाराको पानी प्रयोग गर्दै आइरहेका स्थानीयलाइ बैकल्पिक पानीको ब्यबस्थापन गर्न लागिएको अध्यक्ष पुनले बताउनुभयो । मराङका पहिरो प्रभावितहरुलाइ अस्थायी रुपमा ब्यबस्थापन गरिसकिएको तर धारापानी र ताकमको प्रभावितहरुलाइ ब्यबस्थापनमा कठिनाइ भइरहेको अध्यक्ष पुनको भनाइ छ ।

त्यसैगरी मालिका – ७ बिमको पहिरो प्रभावित क्षेत्रमा पनि यस्तै समस्या रहेको छ । विद्युत अबरुद्ध हुँदा त्यहाँका स्थानियलाइ मोबाइल चार्ज गर्न, ईन्टरनेट चलाउन, र आफन्तजन सङ्ग सम्पर्क गर्न समस्या भएको छ । रुन्माको टावरले काम गरेपनी विद्युत नहुँदा मोबाइल फोन चलाउन र बिदेशमा रहेका सहयोगी हरु संङ्ग सामाजिक संजालमा कुराकानी गर्न असहज भएको वडा अध्यक्ष रेशम जुग्जाली (सुबिन)ले बताउनुभयो ।

यता विद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रका प्रमुख माधब महतले बाटो अबरुद्ध भएका कारण विद्युत समयमै मर्मत गर्न नसकिएको बताउनु भएको छ । बाढी र पहिरोका कारण मालिकामा ९ वटा ट्रान्सफर्मर बन्द भएकोमा ४ वटा मर्मत गरि संचालन गरिएको र बिममा पनि मर्मतका लागि प्राबिधिक टोलि पठाइसकिएको महतले बताउनु भयो । धौलागिरी गाउँपालिकामा रहेका ७ वटै ट्रान्सफर्मर बन्द भएका छन । सडक अबरुद्ध भएकोले मर्मतका लागि अझै केही दिन लाग्ने प्रमुख महतले बताउनुभयो ।

बिममा विद्युत मर्मत, राहतका सामाग्री ढुवानी लगाएतका कार्यलाई सुचारु गर्नका लागि दरबाङ देखी खारा सम्मको सडक डोजर प्रयोग गरि मर्मत गर्न लागिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । खारा देखि बिम सम्म खच्चड सम्म हिड्न सक्ने गरि बाटो बनाउन वडालाइ निर्देशन दिएको अध्यक्ष रोकाले बताउनुभयो ।

उता धवलागिरीमा पनि दरबाङ देखी धारापानी र हिलापोखरी ताकम हुँदै धारापानीको सडकमा छुट्टाछुट्टै डोजर प्रयोग गरि सडक मर्मत गर्न सुरु गरिएको छ । सडक सुचारु गर्न सके पहिरो प्रभावितहरुको ब्यबस्थापनमा सहज हुने अध्यक्ष पुनले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार