आगोले पोलेर गम्भीर घाइते भएका ताकमका खत्रीको उपचारका लागी आर्थिक सहयोग

बेनी ।म्याग्दी जिल्ला धवलागिरी गाउँपालीका–७,ताकमका आगोले पोलेर गम्भीर घाइते भएका ६० बर्षिय तम बहादुर खत्री ( सुस्त मनस्थिति भएका )को उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । मिती २०७७ असार २८ गते आफ्नै घरमा पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा ज्यानमा आगो सल्किएर खत्री गम्भीर घाइते हुनु भएको थियो ।

आर्थिक अबस्था अत्यन्तै कमजोर भएका खत्रीको उपचारका लागि शनिवार म्याग्दी समाज अष्ट्रेलियाबाट ४० हजार, म्याग्देली युवा आवाज बाट १५ हजार, नारायण जिसीबाट १५ हजार, सुबिन श्रेष्ठ बाट २ हजार र दामोदर शर्मा बाट १ हजार सहयोग प्राप्त भएको आर्थिक संकलन अभियानका संयोजक प्रकाश पौडेलले जानकारी दिनु भयो ।

खत्रीलाइ ताकममा सामान्य उपचार पछि थप उपचारका लागि युवा व्यवसायी नारायण जिसी र राजेश शाक्यको ब्यक्तिगत खर्चमा प्रभु एयरको हेलिकप्टर मार्फत असार ३१ गते थप उपचारको लागी बेनी अस्पताल ल्याइएको थियो ।शरिरका हात, खुट्टा, अनुहार, ढाड, कम्मर लगाएतका बिभिन्न भागहरु जलेको अवस्थामा रहेको खत्रीलाइ बेनि अस्पतालमा चार दिन उपचार पश्चात् शनिबार गण्डकी अस्पताल पोखरा रिफर गरिएको थियो ।

अस्पतालका डाक्टरका अनुसार उहाँको शरिरको अन्य भागको छाला काटेर पोलेको ठाउँमा प्रयोग गरी उपचार गर्नुपर्ने जटिल अवस्था रहेकोले धेरै पैसा खर्च हुने बिरामिका आफन्त कुल बहादुर खत्रीले बताउनु भयो । खत्रीको पारिवारीका आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले पोखरामा उपचार गराउने खर्च जुटाउन नसक्ने अवस्था छ । खत्रीलाइ उपचार गरी बचाउनको लागी देश विदेशमा रहनुभएका सम्पुर्ण मनकारी महानुभावहरुलाइ आर्थिक सहयोग गरिदिनुहुन खत्रीका आफन्तले अपिल गरेका छन् ।

यस अघि ताकम गाउँमा घरदैलो गरी उठाइएको ३६ हजार,यामलाल सुवेदी (काठमाण्डौं)बाट ४ हजार रुपैयाँ जिवन कार्की अथक २ हजार रुपैयाँ, ठहर बहादुर भण्डारी १ हजार, र नमस्ते म्याग्दी डिजिटल फोटो सेन्टर बेनीबाट १० हजार गरि ५३ हजार रुपैयाँ खत्रीलाई हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार