कालिगण्डकीमा बेपत्ता टिप्पर चालक पुनको शव भेटियो

सुरेन गरुङ्ग
पोखरेबगर ।मंगलबार साँझ अन्नपूर्ण गाउँपालिका –३ गईठे नजिकैको भिरबाट कालिगण्डकी नदीमा खसेर बेपत्ता टिप्पर चालक अन्दाजी २६ बर्षिय ज्ञानबहादुर पुनको शव भेटिएको छ । गिट्टी बोकेर गुइठेदेखि घार तर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिप्पर सडक भासिएर कालीगण्डकीमा खसेको हो ।

जिल्लाको मंगला गाउँपालिका –५का बेपत्ता पुनको शव बुधबार विहान साढे ९ बजेको समयमा अन्न्नपूर्ण गाउँपालिका– ६ रातोपानीमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।


मृत अवस्थामा भेटिएका पुनलाई भुरुङ्ग तातोपानी प्रहरी चौकीको टोली र स्थानीयले निकालेका थिए । सो टिप्पर घारखोला जलविद्युत आयोजनाको निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो । माथीबाट खसेको पहिरोका कारण सांघुरो भएको सडकमा टिप्पर चलाउँदा दुर्घटना भएको स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार