कालीगण्डकीमा टिपर खस्दा चालक बेपत्ता

बेनी । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिर स्थित सडकबाट कालीगण्डकीमा खसेर मंगलबार साँझ टिपर सहित चालक वेपत्ता भएका छन् । गिट्टि बोकेर गुईठे देखि घार तर्फ जादै गरेको बा २ ख ३४२५ नम्बरको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो ।

टिपर सहित चालक म्याग्दीको मंगला गाउँपालिका–५ का अन्दाजी २६ वर्षीय ज्ञानबहादुर पुन कालीगण्डकीमा वेपत्ता भएका डिएसपी किरण जङ्ग कुँवरले बताउनुभयो । उहाँका अनुसार सो टिपर घारखोला जलविद्युत आयोजनाको निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो । यसैबीच म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक भासिएपछि बेनी–जोमसोम सडक फेरी अवरुद्ध भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार