घाइते गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि पोखरा लगियो

शनिबार असार २७ गते । शुक्रबार धवालगिरी गाउँपालिका –६ मराङमा गएको पहिरोमा परी घाइते भएकी ६ महिनाको गर्भवती महिलालाई हेलिकप्टर मार्फत शनिबार उद्धार गरिएको छ । उद्धार गरिएको महिलाको स्वास्थ्य अवस्था गम्भिर भएकाले बेनी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ ।

परोपकारी संस्था ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्य र जिसी ग्रुपका सञ्चालक तथा युवा व्यवसायी नारायण जिसीको पहलमा निजी खर्चमा प्रभुको हेलिकप्टर मार्फत महिलालाई उद्धार गरीएको हो । पहिरोमा परी गम्भिर घाइते भएकी महिला घटनास्थलमा छटपटाइरहेको खबर आएपछि आफूहरुले निजी खर्चमा उद्धार गरिएको ओमकुमारी शान्तिकोषका अध्यक्ष शाक्यले बताउनुभयो ।

घाइते महिलाको स्वास्थ्य अवस्था नाजुक हुँदै जान थालेको र तत्काल उपचारका लागि हेलीकप्टरको आवश्यकता भएको जानकारी आएपछि प्रभुको हेलिकप्टर मार्फत उद्धार गरिएको जिसीले बताउनुभयो ।उद्धार गरिएकाहरुमा ६ महिनाको गर्भवति महिला २२ वर्षीय मञ्जीला सिरपाली र उहाँको ८ वर्षीय छोरा सफल सिरपाली रहेका छन् ।

गर्भवती महिलाको अवस्था गम्भिर भएकाले बेनी अस्पतालले पोखरा रिफर गरेको छ । छोराको अवस्था भने समान्य रहेको अस्पतालले जनाएको छ । यसैगरी गम्भर घाइते भएका मालिका गाउँपालिका ७ बिममा ३७ वर्षीय पूर्ण परियारको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
मराङमा गएको पहिरोमा परी ७ जना घाइते भएका छन् ।

घाइतेको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ । यतिखेर नेपाली सेनाको हेलिकप्टर पनि मराङ पुगेको छ । घटनास्थलमा नेपाली सेनाको हेलिकप्टर पुगेको छ । उद्धार र खोजी कार्य जारी रहेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार