ठाडाखानीमा खोल्सामा आएको बाढीले बगाएर एक जनाको मृत्यु

अमित विश्वकर्मा
बेनी ,शुक्रबार असार २६ गते ।

म्याग्दीको रघुगंगा गाउँपालिका–६, ठाडाखानीका अन्दाजी ३६ बर्षिय ललितमान छन्त्यालाई लापु खोल्सामा आएको बाढीले बगाएर मृत्यु भएको छ । शुक्रबार विहान साढे आठ बजेतीर गोठमा जाने क्रममा छन्त्यालाई लापु खोल्सामा आएको बाढीले बगाएर मृत्यु भएको वडा सदस्य टेकजित छन्त्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार छन्त्याललाई लापु खोल्सामा आएको बाढीले बगाएर करिब एक सय मिटर तल पु¥याएको थियो । वडा सदस्य छन्त्यालका अनुसार छन्त्यालालई बाढीले बगाउँदै गरेको देखेपछि स्थानीयले उद्धार गरेका थिए । उद्धार गरेपनि छन्त्याल मृत अवस्थामा भेटिएको वडा सदस्य छन्त्यालले बताउनुभयो । पाखापानी प्रहरी चौकीको टोली घटना स्थलतर्फ गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार