दरबाङ्गका घरधनीद्धारा एनएमबी लघुवित्त वित्तिय संस्थालाई एक महिनाको घरभाडा छुट

बेनी ,आइतबार असार २१ गते ।
म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ्गका घरधनी तमबहादुर र श्रीमती गौमती पुनले एनएमबी लघुवित्त वित्तिय संस्था लि. दरबाङ्ग शाखालाई एक महिनाको घर भाडा छुटको घोषणा गर्नुभएको छ ।नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागु गरिएको लकडाउनको कारण भाडामा व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरुलाई एक महिनाको घर भाडा छुट गर्न घरधनिहरुलाई अनुरोध गरेको थियो ।

सरकारको अनुरोधलाई स्वीर्कार्दै र लकडाउनका कारण संस्थालाई परेको मर्कालाई मध्यनजर गरी आफ्नो घरमा संचालनमा रहेको राष्ट्रिय स्तरको वित्तिय संस्थालाई असार महिनाको घरभाडा बापत प्राप्त हुने दश हजार रुपैयाँ छुटको घोषणा गरेको पुन दम्पत्तीको भनाई छ ।

घरधनीले असार महिनाको घरभाडा नलिने घोषणा गरेपछि कार्यालय संचालनमा सहज भएको शाखा कार्यालय प्रमुख अनिल सुनारले बताउनुभयो । पोखरामा केन्द्रीय कार्यालय रहेको वित्तिय संस्था लि.को दरबाङ्ग सहित विभिन्न ठाउँमा गरी १०० शाखा कार्यालय रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार