धौलागिरी अस्पतालले पोखरा रिफर गरेको गर्भवती महिलाको बेनी अस्पतालमा सफल शल्यक्रिया

बेनी । धौलागिरी अस्पताल बागलुङले पोखरा रिफर गरेको एक गर्भवती महिलाको बेनी अस्पतालमा शल्यक्रिया सफल भएको छ । बागलुङ नगरपालिका -८, सिँगाना घर भएकी २१ बर्षीय आरती मल्लले मंगलबार राती २ बजे बेनी अस्पतालमा छोरालाइ जन्म दिनुभएको हो ।

मल्लको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धौलागिरी अस्पतालले पोखरा रिफर गरेको थियो । पहिरोका कारण नयाँ पुलमा सडक अबरुद्ध भएपछी मल्ललाई उहाँका आफन्तले बिच बाटोबाटै फर्काएर बेनी अस्पताल ल्याएका थिए ।

मल्लको सामान्य तरिकाले सुत्केरी हुन नसक्ने अबस्था देखिएपछि अस्पतालका डाक्टर सागर लामिछानेको टोलिले सफल शल्यक्रिया मार्फत छोराको जन्म गराएको हो । अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अबस्था सामान्य रहेको डाक्टर सागर लामिछानेले बताउनुभयो । पोखरा रिफर गरिएकी मल्लको बेनी अस्पतालमै सफल सफल शल्यक्रिया भएकोमा उहाँका परिवार खुशी भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार