नेपालमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४७ मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ ।बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । हालसम्म १२ हजार ८ सय ४० जना संक्रमित उपचारपछि निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार