नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या १७३४४ पुग्यो

काठमाण्डौं । नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

उहाँका अनुसार यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७३४४ पुगेको छ । देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ९ सय ८१ जनाको पीसिआर परिक्षण गरिएको छ । नेपालमा हालसम्म ३९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार