नेपालमा १८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,सोमबार असार २२ गते । नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि ६ हजार ८११ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार