पहिरोमा पुरिएर ज्यान गुमाएकाको सामुहिक दाहसंस्कार

बेनी,आइतबार असार २८ गते ।
म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङमा पहिरोमा परेर ज्यान गुमाएकाहरुको सामुहिक दाहसंस्कार गरिएको छ । मराङका विभिन्न ठाउँमा गएको पहिरोमामा परेर ज्यान गुमाएका १९ जनाको आइतबार विभिन्न ठाउँमा सामुहिक दाहसंस्कार गरिएको हो ।


९ जनाको एक ,८ जना र एक जनाको छुटछुट्टै दाहसंस्कार गरिएको छ । मराङ ठुलो खोलाको घाटमा कुम्री ,गाउँ , रिखका ९ जना र राम्चेका आठ जनालाई राम्चेको केही तल डाँडामा र कल्लेनीका एक जनाको छुट्टै दाहसंस्कार गरिएको स्थानीय युवा इश्वर सुवेदीले जानकारी दिनुभयो ।

पहिरोमा परी ज्यान गुमाएकाहरुको कानुनी प्रक्रिया पुरा गरी परिवार तथा आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरण जङ्ग कुँवरले बताउनुभयो ।

यसैगरी मालिका गाउँपालिका–७ बिम पहिरोमा परी ज्यान गुमाएका ८ जनाको शनिबार सामुहिक दाहसंस्कार गरिएको छ । दुई परिवारका ६ जना र दुई जनाको छुट्टाछुट्टै दाहसंस्कार गरिएको घटना स्थलमा खटिनुभएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धु्रवप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कानुनी प्रक्रिया पुरा गरी मृतकको शव आफन्त र परिवारलाई जिम्मा लगाइएको थियो । त्यसैगरी अझै मराङमा बेपत्ता दुई जना , बिममा एक जना र दुखु खोलाले बगाएर बेपत्ता एक जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
तस्बिर ः इश्वर सुवेदी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार