पहिरोले पाइप बगाएपछि च्युरिबोटमा खानेपानीको अभाव

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ ,च्युरिबोटमा पहिरोले पाइप बगाएपछि खानेपानीको अभाव भएको छ । झेपेरधारामा गएको पहिरोले झेपेरखोला खानेपानी आयोजनाको पाइप बगाएपछि च्युरिबोटका ४६ घरधुरी खानेपानी पिउनबाट बञ्चित भएका छन् ।

अविरल बर्षापछि मंगलबार झेपेर धारामा गएको पहिरोले करिब ३० मिटर पाइप बगाउँदा खानेपानी अवरुद्ध भएको स्थानीय दाजुङ्ग खोला लघुजलविद्युत व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर घर्ती मगरले जानकारी दिनुभयो । सो खानेपानी आयोजनाबाट विद्यालय र २६ घरधुरी स्थायी र २० घरधुरीले अस्थाई रुपमा पिउँदै आएका छन् ।

उहाँका अनुसार च्युरिबोटका तल्लो क्षेत्रका दास्बाङ्ग,घुइलबोट,पहिरोघर,नालबाङ्ग ,बिसौनाबोट , बरनाचे बस्ती लगायत सिद्धार्थ माविमा खानेपानीको अभाव भएको छ । खानेपानी आपुर्ती बन्द भएपछि अहिले स्थानीयले बलेनी र खोलाको पानी प्रयोग गर्दै आएका छन् ।

सो खानेपानीको आयोजना विदेशी संस्था व्रिटिस वेलफेयरकाे सहयोगमा २०५६ सालमा निर्माण गरिएको हो । २०७४ मा भु–संरक्षणको ७० हजार सहयोग,स्थानीयको २५ हजार रुपैयाँ र श्रमदानमा मर्मत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार