पहिरोले पुरिएर कालिकोटमा ९ जनाको मृत्यु

सुर्खेत । कालिकोटमा पहिरोमा परेर कम्तिमा ९ जनाको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिकामा पहिरोले घर बगाएर ९ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिए ।

तस्बिर : सामाजिक सञ्जाल

पहिरोले नरहरिनाथ गाउँपालिका–४ गोदी र वडा नं। ७ बाँगामा घर बगाउँदा ९ जनाको मृत्यु भएको र पहिरोमा परेर २ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय कालिकोटले घटनास्थलमा उद्दारका लागि टोली पठाइएको र घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाएको छ । नागरिकखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार