पहिरो अपडेट ः बिममा एकै परिवारका चार जनाको शव भेटियो

बेनी ,शनिबार असार २७ गते ।
म्याग्दीको मालिका गाउँपालिका–७, बिममा पहिरोमा परेर हराइरहेका ९ जना मध्य चार जनाको शव भटिएको छ । शुक्रबार विहानदेखी पहिरोमा परेर हराइरहेका सोही बिमका ३० बर्षिय बिरबहादुर नेपाली ,श्रीमती २५ बर्षिया बिष्णु नेपाली , ५ बर्षिय छोरा सन्दीप नेपाली र अन्दाजी दुई महिने छोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धु्रवप्रसाद शर्माले जानकारी दिनुभयो ।उहाँका अनुसार बेपत्ता ५ जनाको खोजी कार्य जारी रहेको छ । शुक्रबार जिल्ला प्रहरी र नेपाली सेनाको टोली शुक्रबार पहिरोमा प्रभावित क्षेत्रका लागि गएपनि विभिन्न ठाउँमा खसेको पहिरोले बाटो अवरुद्ध भएपछि जान सकेको थिएन ।

यो संगै बिम र धवलागीरी गाउँपालिका–६,मराङ्ग पहिरो र बाढी र पहिरोमा परेर हराइरहेका मध्य शनिबार विहान सम्म १५ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो । हराइरहेकाहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

विहिबार रातीदेखी अविरल बर्षाका कारण खसेको पहिरोमा परेर धवलागिरी गाउँपालिका –६ मराङ्गमा २१ जना र मलिका गाउँपालिका–७ बिममा ९ जना बेपत्ता भएका थिए । भने दुई जनालाई बाढीले बगाएको थियो ।भिरालो जमिन तथा कमजोर भुगोलका कारण पहिरो गएको स्थानीयको भनाइ छ । स्थानीय ,प्रहरी ,जनप्रतिनिधि तथा युवा क्लबको टोली पहिरो प्रभावित क्षेत्रमा उद्धार राहत व्यवस्थापनमा खटिएका छन् ।पहिरोमा परेर हराइरहेका र घाइतेको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार