पहिरो पीडितलाई डेनमार्कबाट करिब साढे दुई लाख सहयोग

बेनी । असार २५ गतेको अविरल बर्षासँगै गएको बाढीपहिरोमा परेर ज्यान गुमाएका परिवार र विस्थापितलाई डेनमार्कमा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् ।

जिल्लाको बेनी नगरपालिका– ५ पुलाचौर घर भई हाल डेनमार्कमा रहनुभएका कृष्ण पौडेल, बेनपा –६ का हरी क्षेत्री, शोभा बानियाँ, बेनपा –४ तातोपानीका रविन श्रेष्ठ, उषा पुन मगरको सक्रियतामा संकलन भएको २ लाख ४५ हजार ४७५ रुपैयाँ चन्द्रकुमारी खत्री र कृष्ण केसीले बुधबार एक कार्यक्रमका विचपरोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको छ ।

सहयोगप्रती धन्यवाद व्यक्त गर्नुहुँदै कोषका अध्यक्ष शाक्यले कोषमार्फत पहिरो पीडितहरुलाई सहयोग गरिने बताउनुभयो ।पहिरो पीडितलाई सहयोग गर्ने उद्धेश्यले कोष मार्फत सहयोग संकलन अभियान संचालन गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार