प्रथम धौलागिरी युवा क्लबद्धारा कल्लेनीका पहिरो पीडितलाई खाद्यान्न सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदीको श्री प्रथम धौलागिरी युवा क्लबले सोही गाउँपालिका वडा नं ६ स्थित कल्लेनीका पहिरो पीडितलाई खाद्यान्न सहयोग गरेको छ । विहिबार रातिदेखी परेको अविरल बर्षा पछि गएको पहिरोले विस्थापीत करिब ६३ जनालाई २९ हजार १ सय रुपैयाँँ बराबरको दैनिक उपभोग्य खान्द्यान्न राहत सामाग्री वितरण गरिएको हो ।

पहिरोबाट विस्थापित भएर छिमेकी गाउँ सिवाङको हेम माविमा बसीरहेका पहिरो पीडितहरुलाई समाजसेवी तथा युवा नेता विजय घर्ती मगर ,क्लबका अध्यक्ष धनु रोका र सचिव योगेश घर्ती मगर लगायतले सो खाद्यान्न राहत सामाग्री वितरण गर्नुभएको हो ।

मेला संचालन तथा विभिन्न कार्यक्रमबाट संकलित रकमबाट खरिद गरिएको दश बोरा चामल,दश केजी नुन,२० केजी दाल,चार प्याकेट चाउचाउ,तीन प्याकेट विस्कुट ,२० केजी चिनी र दुई प्याकेट तेल पहिरो पीडितहरुलाई उपलब्ध गराइएको क्लबले जनाएको छ । समाजसेवी तथा युवा नेता घर्ती मगरले विपदको घडीमा पीडितहरुलाई सहयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार