बर्दियामा बाढीको वितण्डा : २ सय ७५ घर डुबानमा

जनक चौधरी

बर्दियाको राजापुर १ चनौरामा आएको बाढीवाट घरको सामाग्री जोगाउन डुंगा प्रयोग गरिदै : फोटो खुसीराम चौधरी

बर्दिया । सोमबार देखि परेको अविरल बर्षाका कारण बर्दियामा २ सय ७५ घर डुवानमा परेका छन। जिल्लाको राजापुर, गेरुवा र ठाकुरवावा नगरपालिका अन्तगर्तका विभिन्न नदी तथा खोला नालाहरु भरीएर बस्ती डुवानमा परेका हुन । बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लाका विभिन्न स्थानमा गरी २ सय ७५ घर डुवानमा परेको प्रारम्भिक जानकारी प्राप्त भएको बताए । बाढीवाट कुनै त्यस्ता मानवीय क्षती नभएपनि जोखिमयुक्त अवस्थामा रहेका व्यक्ति तथा समुदायलाई सुरक्षित स्थानमा सारीसकीएको उनको भनाई छ ।

राजापुर १ दौलतपुरमा बाढी आएपछि चिन्तित स्थानीय : फोटो लोकराज ढुंगाना

कर्णाली नदीमा पानीको बहाब बढेसंगै भदाली नाला थुनिएर आएको बाढीवाट बर्दियाको राजापुर नगरपालिका १ सबैभन्दा बढी प्रभावित बनेको छ । राजापुर १ को दौलतपुर, चनौरा, सोनपुर लगायतका गाउँहरुमा करिव ९० घर डुबानमा परेको र उनीहरुलाई सुरक्षित स्थानमा राखिएको वडा नं १ का अध्यक्ष खुशीराम चौधरीले बताए ।

लगातारको बर्षाका कारण बुधबार विहान कर्णाली नदीले खतरा तह पार गरेको थियो । खतरा तह पार गरेसंगै जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सूचना निकालेर नदी आसपासको क्षेत्रमा बस्ने स्थानीय वासीन्दालाई सावधानी अपनाउन अपिल गरेको छ । अहिले कर्णाली नदीमा पानीको सतह घटेर सामान्य भएपनि पानी घटबढ हुनसक्ने र स्थानीय खोला नालाको पानी भरीएर बाढी आउनसक्ने भएको हुँदा सचेत रहन जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ ।satyapatrika

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार