बस्ती माथिबाट पहिरो खस्न थालेपछि उच्च जोखिममा रहेका दोसल्ले तल्लो खण्डका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–७ दोसल्ले गाउँको तल्लो खण्डका बस्ती माथिबाट पहिरो खस्न थालेपछि १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । विहान करिब १२ बजेको समयमा बस्ती माथिको फेकेन्दो भिरबाट पहिरो खस्न थालेपछी उच्च जोखीममा रहेका दोसल्ले गाउँको तल्ल्लो खण्डका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

पहिरोका कारण विस्थापित शेरप्रसाद पाइजा ,दुतबहादुर पुन ,रामचन्द्र पुर्जा ,कृष्ण बहादुर पुन ,मनसिङ पुन ,हिमबहादुर पुन, हर्क बहादुर गर्बुजा ,दिलबहादुर पुर्जा चुकबहादुर पाइजा ,मायादेवी पाइजा ,हमाया गर्बुजा र केशमाया मगर गाउँमा आफन्तकोमा शरण लिएर बसेको गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले जानकारी दिनुभयो ।प्रहरी र स्थानीयको सहयोगमा उनिहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।

विस्थापीत परिवार दोसल्ले गाउँमा आफन्तकोमा शरण लिएर बसेका छन् । उहाँका अनुसार सोमवार विहान टोल सुधार समिति ,आमा समुह र युवा क्लबसंग छलफल गरेर तत्काल व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो ।

साथै तत्कालका लागि गाउँपालिकाबाट त्रिपाल सहयोग गरिएको छ । ‘मध्यान्ह करिब १२ बजेको समयमा बस्ती माथिबाट पहिरो खस्न थालेपछि उच्च जोखिममा रहेका म समेत गरेर दोसल्ले तल्लो खण्डका १२ घर परिवार सुरक्षित स्थानमा आफन्तको शरण लिएर बसेका छौं ’ ,–उपाध्यक्ष मगरले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार